केन्द्रीय संस्करण

छात्रा मृत्यु प्रकरण : शव परीक्षणमा घाटीभित्र चोट देखियो

person explore access_timeअसार २, २०७८ chat_bubble_outline0
सांकेतिक तस्बिर

झापाको दमकस्थित लाइफलाइन अस्पताल स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रेडियोलोजी अध्ययनरत छात्रा सेजल कोइरालाको शव परीक्षण प्रतिवेदनमा घाटीको भित्री भागमा चोट देखिएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको शव परीक्षण प्रतिवेदनमा कोइरालाको घाटीको भित्री भागमा विभिन्न चोटपटक देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

मृतकको घाटी र चिउँडो मुनि चोटपटक देखिएपछि शव परीक्षणका लागि धरान पठाइएको थियो । बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले दमक रातोपुल बस्ने २८ वर्षीय अरुण राईलाई  पक्राउ गरेको छ । राईलाई अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट आज ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए । 

सेजलको रहस्यमय ढङ्गबाट हत्या भएको भन्दै असार १ गते उनका बुवाले किटानी जाहेरी दिएका थिए । मृतकको शव परीक्षण प्रतिवेदन र किटानी जाहेरी आएपछि प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा राईलाई मङ्गलबार पक्राउ गरेको थियो ।  

देउमाई ४ इलाम निवासी १९ वर्षीय सेजल दमक ५ का चन्द्रबहादुर गुरुङको घरको दोस्रो तलामा डेरा गरि  लाइफलाइन अस्पतालमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन् । उनलाई आफू बस्ने डेराको शौचालयमा जेठ २६ गते साँझ साढे ६ बजे  बेहोश अवस्थामा अरुण र निजका साथीहरुले फेला पारी अस्पताल लगेकामा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.