बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञामा फिटनेस सेन्टर खोलेको आरोपमा दुई जना पक्राउ

१ लाख ५ हजार जरिवाना बुझाए
बुधबार, ०२ असार २०७८, १६ : ३१
बुधबार, ०२ असार २०७८

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले टेकुमा रहेको इलाइट फिटनेस सेन्टर (जिम हल)का सञ्चालकलाई पक्राउ गरेको छ । जिमखाना सञ्चालक काठमाडौंका ५४ वर्षीय गौतमबहादुर श्रेष्ठ र कामदार सुनसरी घर भएका दीपक थापालाई पक्राउ गरेर जिल्ला प्रशासन कार्यालयमा बुझाइएको काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।   

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिम हल सञ्चालक श्रेष्ठलाई १ लाख र कामदार थापालाई ५ हजार जरिवाना गरेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेर जिम हल खोल्न रोक लगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप