शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकका बाढी पीडितलाई तत्काल उद्धार र राहतको खाँचो : सभामुख सापकोटा

बुधबार, ०२ असार २०७८, १६ : १०
बुधबार, ०२ असार २०७८

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकका बाढी पीडितको उद्धारलाई पहिलो प्राथमिकता दिन सरकारलाई आग्रह गरेका छन् । बुधबार जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका उनले पहिलो प्राथमिकतामा उद्धार र त्यसपछि राहतका कामलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरेका हुन् । 

निरीक्षण पश्चात संक्षिप्त प्रतिक्रिया दिँदै उनले बाढीपहिरोले भौतिक पूर्वाधारमा ठुलो क्षति भएको भन्दै त्यसको पुन:निर्माणका लागि पनि योजना बनाएर अघि बढ्नुपर्ने खाँचो औंल्याए । झोलुङ्गे पुल, पक्की पुल लगायत ‘कनेक्टिभिटी’ मा पनि ठुलो क्षति भएको जनाउँदै उनले तिनको पुन:निर्माणमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

आफू काठमाडौं फर्किएर यसबारे संघीय सरकारको ध्यानाकर्षण गराउने उनले बताए । उनले बाढीपहिरो पीडितका लागि तत्काल गाँस, बास र कपासको खाँचो रहेको भन्दै सहयोगका लागि सरकार र दाताहरूलाई आग्रहसमेत गरेका छन् ।

सभामुख सापकोटा निवर्तमान प्रतिनिधिसभामा सिन्धुपाल्चोक– १ बाट विजयी भएका थिए ।  निरीक्षणका क्रममा सभामुख सापकोटाका साथ नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य युवराज दुलाल पनि सामेल थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप