शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारमा पहिरो

बुधबार, ०२ असार २०७८, १५ : ४८
बुधबार, ०२ असार २०७८

सेयर बजारमा ५२.४१ अंकको गिरावट आएको छ । १.७३ प्रतिशतले घटेको नेप्से २९६९.६९ विन्दुमा अडिएको छ ।  बिहीबार २ सय १९ कम्पनीको १५ अर्ब ४८ करोड बढीको सेयर कारोबार भएको हो । यस दिन लघुवित्त समूहबाहेक सबै समूहमा गिरावट आएको छ । लघुवित्त समूहमा १३९.७४ अंकको बृद्धि छ ।  आज नेपाल पुनर्बिमा कम्पनीको ६० करोड ८९ लाख रुपैयाँसहित सबैभन्दा बढी सेयर कारोबार भएको छ ।

यसदिन सिइडिबी हाइड्रोपावरले सबैभन्दा बढी कमाएको छ भने गुराँस फाइनान्सले सबैभन्दा बढी गुमाएको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक उच्च जोखिममा रहेको ५१ कम्पनीको सूची सार्वजनिक गरेपछि बजार घटेको छ । तर नेपाल धितोपत्र बोर्डले भने लगानीकर्तालाई सुसूचित मात्र गराएको डुबाउन नखोजेको स्पष्ट पारेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप