बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुखद्वारा सिन्धुपाल्चोकको पहिरो अवलोकन

बुधबार, ०२ असार २०७८, १५ : ४२
बुधबार, ०२ असार २०७८

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाढी र पहिरोको अवलोकन गरेका छन् । सिन्धुपाल्चोकका निवर्तमान सांसदसमेत रहेका सापकोटाको टोलीले पहिरो गएको ठाउँमा अवलोकन गरेका हुन् ।

सभामुखसँगै निरीक्षण गरेर फर्केका नेकपा माओवादी केन्द्रका नेता युवराज दुलालले भने, ‘हामीले मेलम्चीभन्दा धेरै माथि पुगेर पहिरो कहाँबाट खसेको रहेछ भनेर पत्ता लगाउने कोसिस गर्यौं, तर पहिरो खसेको मुहान पत्ता लाग्न सकेन ।’

सिन्धुपाल्चोकको मेलम्ची खोलामा मंगलबार साँझदेखि आएको बाढीका कारण हेलम्बु गाउँपालिका लगायतका स्थानमा निकै ठूलो क्षति भएको छ । बाढीमा परेर एक जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । 

(भुल सुधार- यसअघि सभामुखले हेलिकोप्टरबाट निरीक्षण गरेको भन्ने परेकोमा सच्याइएको छ । सभामुखका प्रेस सल्लाहकार श्रीधर  न्यौपानेका अनुसार सभामुखको टोली स्थालमार्गबाटै निरीक्षण गरेर फर्केको छ ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप