शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५० वर्षीय पुरुष पक्राउ

बुधबार, ०२ असार २०७८, १५ : ३६
बुधबार, ०२ असार २०७८

जनकपुरमा बालिका बलत्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका २२ बसबिट्टीकी ४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सोही स्थानका ५० वर्षीय छेदु मण्डल पक्राउ परेका हुन् ।

बालिकालाई बलात्कार गरेको भनी दिइएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । मण्डलले बालिकालाई खेलाउन घरमा लगिएको मौका छोपी आँपको बगैँचामा लगेर जबर्जस्ती करणी गरेको पीडित बालिकाका परिवारले आरोप लगाएका छन् । 

अबेर साँझसम्म बालिका घरमा नफर्केपछि परिवारले खोजबिन गर्दा घरभन्दा करिब २ सय मिटर पर आँपको बगैँचामा अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा धनुषा प्रहरीले बुधबार मण्डललाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको रानाभाटले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप