शिवराज नगरपालिकामा अशोक लेलैण्डको सुविधा सम्पन्न बारुण यन्त्र
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवर्धित अशोक लेलैण्डले कपिलबस्तु स्थित शिवराज नगरपालिकालाई सुबिधा सम्पन वारुणयन्त्र (दमकल) हस्तान्तरण गरेको छ ।
उक्त वारुणयन्त्र (दमकल) नेशनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त प्रयासमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीलाई सो वारुणयन्त्र (दमकल) आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राणा थापाले हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले ‘सुबिधा सम्पन्न वारुणयन्त्र (दमकल) आफ्नो नगरपालिकामा पहिलो पटक खरिद गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउँदै आगलागीका घटनामा नगरवासीको जीऊ धनको रक्षा गर्न र क्षतिको रोकथामको लागि दमकल उपयोगी साबित हुने विश्वास लिएको बताए ।
अशोक लेलैण्डको १२१२ इकमेट मोडलको च्यासिसमा बनाइएको दमकलमा ४ हजार लिटर पानी अट्ने क्षमता रहनका साथै दमकलमा ५०० लिटर फोम भर्न सकिन्छ । जसबाट गर्दा आगलागी भएको ठाउँमा छिटै र सजिलै धनजनको क्षती हुनबाट रोक्न सकिन्छ । यस प्रकारको अत्याधुनिक वारुणयन्त्र अग्नि नियन्त्रण कार्यमा उपयोगी हुनुका साथै नेपालको भौगोलिक वातावरण मैत्री भएको हुनाले यसको कार्यक्षमता निकै राम्रो रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके