रोनाल्डोले पानी पिएपछि कोकाकोलाको शेयर मूल्य ४ अर्बले घट्यो
युरो कपको प्रि म्याच कन्फ्रेन्सका दौरान हंगेरीको बुडापेस्टमा मंगलबार पोर्चुगलका कप्तान रोनाल्डोले कोकाकोलाका दुईवटा बोतल हटाएर पानी पिए । संयोग पनि कस्तो ! यस घटनापछि कोकाकोलाको शेयर मूल्य ४ अर्ब डलरले घटेको छ ।
युरो कपमा रोनाल्डोले सुरुवाती खेलमै घरेलु टिम हंगेरीविरुद्ध दुई गोल गरेका छन् । यससँगै उनको अन्तर्राष्ट्रिय गोल संख्या १ सय ६ पुग्यो । सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा उनी इरानका देई अलीभन्दा केवल ३ गोलले पछि छन् ।
पोर्चुगलका कप्तान स्वास्थको निकै ख्याल गर्छन् र उनी जंक फुड तथा कार्बोनेटेड सफ्ट ड्रिक्ंस्बाटै टाढै रहन्छन् । युरो कपका अधिकारी प्रायोजक मध्येको एक कोकाकोलाले रोनाल्डोको कदमको जवाफ दिँदै मंगलबार विज्ञप्ति नै जारी गरेको छ । जहाँ, लेखिएको छ, ‘फरक आवश्यकता र स्वादका आफुले चाहेको पेप पदार्थ पिउन जो कोही स्वतन्त्र छन् ।’
यस घटनापछि कोकाकोलाको मार्केट भ्यालु २ सय ४२ अर्ब अमेरिकी डलरबाट घटेर २ सय ३८ अर्ब डलरमा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्ने ३ जनालाई धरौटीमा छाड्न आदेश
-
बीमक संघमा नयाँ कार्यसमिति निर्विरोध, अध्यक्षमा बैदवार
-
संघीय सरकारले समानिकरणको अनुदान रकम नपठाउँदा प्रदेशलाई आर्थिक भार थपियो : मुख्यमन्त्री आचार्य
-
भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित
-
केपी ओली कप : राजनीतिज्ञसँग कलाकारको टोली विजयी
-
प्रमुख प्रतिपक्ष दलका नेताले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री स्वास्थ्य समस्याका कारण उपस्थित हुनसक्नु भएन : महेश बर्तौला