बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बजारमा ‘किलर रियलमी जीटी’

बुधबार, ०२ असार २०७८, १५ : ०२
बुधबार, ०२ असार २०७८

काठमाडौं । स्मार्टफोन कम्पनी रियलमीले आधिकारिक रुपमा विश्व बजारमा ‘फ्लागशिप किलर रियलमी जीटी’ सार्वजनिक गरेको छ । रियलमी जीटी हाल पोल्याण्ड, स्पेन, रसिया र थाइल्याण्ड लगायतका बजारमा उपलब्ध भइसकेकाले चाँडै विश्वभरका बजारमा पुग्ने कम्पनीले जनाएको छ ।

जीटी सिरिज र पहिलो क्वालकम स्न्याप ड्रागन ८८८ अन्तर्गत सञ्चालित यस फोनले उपभोक्तालाई उच्च गुणस्तरीय अनुभूतिहरु प्रदान गर्ने कम्पनीको दावी छ । फ्लागशिप उत्पादनका साथै मध्यम देखि उच्च सेग्मेन्टको यस ब्रान्डमा मुख्य गरी गति–प्रेरित डिजाइन, सशक्त ऊर्जा शक्ति र निरन्तर स्थिर प्रदर्शन जस्ता विशेषताहरु भएको कम्पनीको दावी छ । 

कम्पनीका सीईओ स्काई लीले विश्वभरका रियलमी प्रयोगकर्ताका लागि फ्लागशिप किलर ल्याउन पाउँदा खुसी लागेको बताए । उनले उपभोक्ताका लागि अधिकतम फ्लागशिप सुविधा प्रदान गरेर विश्वव्यापी रुपमा रियलमीको अत्याधुनिक प्रविधिको पहुँच प¥याई दैनिक जीवन सशक्तिकरण गर्ने कम्पनीको लक्ष्य रहेको बताए । 

यसको डिजाइन ग्रान्ड टुर्स (जीटी)स्पोर्ट कारमा आधारित छ । जसले उच्च गति, लामो दूरी लगायतका प्रदर्शनीका लागि उत्कृष्ट मानिन्छ । रियलमीको जीटी सिरिजको यस फोनमा पछाडि थ्रीडी लाइट प्रतिविम्व गर्ने आकृतिका साथ ग्लास कभरको डिजाइनर फोनको लम्बाइमा भेगान–लदर संस्करणको खोल छ । नीलो र चाँदी रंगको गरी ग्लास भर्जन दुई कलरमा आएको छ । फोनको पछाडि सुटिङ एरो प्याटर्न देख्न सकिन्छ । 

रियलमी जीटी क्वालकम स्न्याप ड्रागन ८८८ रहेको छ । यो परिस्कृत चिप हो । जसमा उच्चस्तरीय युएफएस ३.१ स्टोरेज रहेको छ । जसले 

यसमा ४५ सय एमएएच् ब्याट्री र ६५ वाट सुपरडर्ट चार्जिङ सपोर्टर रहेको छ जसले फोनलाई केवल ३५ मिनेटमा पूर्ण चार्ज गर्न सहयोग गर्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप