घाममा बसेर किन दलिन् उर्वशीले शरीरभरी माटो ?
अभिनेत्री उर्वशी रौतेला फिल्म अभिनयका कारणले भन्दा बढी लुक्सका कारणले बढी चर्चाको बिषय बन्ने गरेकी छन् । उनी अक्सर सामाजिक सञ्जालमा आफ्नो ग्ल्यामरस तस्बिर शेयर गरेर तहल्का मच्चाउने गर्छिन् ।
हालै उनले घाममा बसेर माटो शरीरभरी दलेको तस्बिर सार्वजनिक गरेकी छन् । फ्यानले उनको तस्बिरमा बिभिन्न कमेन्ट बर्साएका छन् ।
तस्बिरमा उर्वशीले पुरै माटोले पोतिएर स्टुलमाथि बसेर घाम तापेकी छन् । तस्बिर सामाजिक सञ्जालमार्फत शेयर गर्दै क्याप्सन लेखेकी छन्– ‘मेरो फेबरेट माटो स्पा, माटो थेरापी । सुरुवातको समय क्लियोपेट्राले यो स्नान धेरै मन पराएका थिए । अहिले मलाई मनपर्यो ।
माटोको थेरापीले अहिले पनि अशुद्धतालाई बाहिर फाल्छ । यसले छालालाई मलयालम बनाएर सर्कुलेसन समेत राम्रो बनाउँछ । दुखाई समेत निको पार्छ ।’ केही अगाडिसम्म कोरोनाका कारण अप्ठ्यारोमा रहेकाको मद्दतका कारण चर्चामा छाएकी उर्वशी अहिले माटो थेरापीको कारण चर्चा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी
-
पोखरामा एसिया कप ट्रायथलन हुने, १७ देशका खेलाडी सहभागी हुँदै
-
पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज बनाउने प्रधानमन्त्रीको दाबी
-
आर्थिक क्रान्तिका पाटाहरूमा समेत नेपाल र कतारबिच बलियो सम्बन्ध स्थापित हुने शर्माको विश्वास
-
कृषि उद्यमका लागि ३० युवालाई तालिम
-
फिल्म ‘आँखा’ असार १४ देखि प्रदर्शनमा आउने