बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकको हेलम्बुबाट बेपत्ता हुने ७ जनाको पहिचान खुल्यो

बुधबार, ०२ असार २०७८, १४ : ०१
बुधबार, ०२ असार २०७८

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट इन्द्रावती नदीले बगाएर बेपत्ता बनाएका ७ जनाको पहिचान खुलेको छ । हराइरहेका ७ जनाको पहिचान खुलेको सिन्धुपाल्चोकका सहायक प्रजिअ बाबुराम खनालले रातोपाटीलाई बताए । 

बेपत्ता हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–३ घर भएका १३ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, हेलम्बु–६ का च्याङ्बा तामाङका श्रीमान दम्पती र साँगाचोकगढी घर भएका सुरेन्द्र नेपाल छन् । 

‘७ जना मानिस बेपत्ता छन्, एकजनाको शव फेला परेको छ तर पहिचान भएको छैन्’ सहायक प्रजिअ खनालले भने– ‘सो क्षेत्रमा संचार सम्पर्क पनि अवरुद्ध भएको छ ।’ हेलम्बु गाउँपालिकाको इन्द्रावती नदीको किनारमा फेला परेको शव पहिचान हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप