चरीकोट अस्पताल पशुपति चौलागाईं स्मृति अस्पतालमा रुपान्तरण
प्रस्तावित चरीकोट अस्पताल पशुपति चौलागाईं स्मृति अस्पतालमा रुपान्तरण गरिएको छ । वाग्मती प्रदेश सरकारले नेकपा (एमाले)का नेता तथा वाग्मती प्रदेशसभा सदस्य स्व नेता चौलागाईंको सम्झना स्वरुप सो अस्पताललाई ‘पशुपति चौलागाईँ स्मृति अस्पताल’का नाममा नामकरण गरेको हो । यही असार १ गते बसेको वाग्मती प्रदेशसभाको बैठकले अस्पतालको नाम रुपान्तरण गर्ने निर्णय गरेको वाग्मती प्रदेश सदस्य तथा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले जानकारी दिइन् ।
स्व नेता चौलागाईंको स्मृतिमा नामकरण गरिएको अस्पताल दोलखाको भीमेश्वर नगरपालिका–४ चरीकोटबाट सञ्चालन हुँदै आएको चरीकोट प्राथमिक स्वास्थ केन्द्र हो । विसं २०७२ को भूकम्पपश्चात स्वास्थ्यको क्षेत्रमा काम गर्ने न्याय हेल्थ नामक संस्थाले दक्ष चिकित्सकसहितको व्यवस्थापनमा सञ्चालन गर्दै आएपछि प्रदेशस्तरीय अस्पताल बनाउनका लागि स्थानीय तहले चरीकोट अस्पतालका नाममा प्रस्ताव गरेको थियो । अस्पतालले दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीको दरबन्दीमा प्रसूति सेवा, ओपिडी सेवा, शल्यक्रियासहित एचडियुसहितको सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्यो
-
पोखराको फेवाताल किनारमा शनिबारदेखि सडक महोत्सव
-
बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा
-
त्रिविको ५० औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
-
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
-
१० बजे १० समाचार : नयाँ पार्टी घोषणाको तयारीमा रावल, बालेनसँग संवादमा रास्वपा