बाढी पीडितको उद्धार गर्न अखिल र युवा सङ्घको टोली परिचालन

अनेरास्ववियू र राष्ट्रिय युवा सङ्घले सिन्धुपाञ्चोकको मेलम्ची तथा हेलम्बु क्षेत्रका बाढी पीडितलाई उद्धार र राहत सामग्री वितरणका लागि टोली परिचालन गरेको छ । अखिल र युवा सङ्घले उक्त क्षेत्रका बाढी पीडितलाई उद्धार र राहत सामग्री वितरण गर्नका लागि छुट्टाछुट्टै टोली परिचालन गरेको हो । मङ्गलबार राति अविरल वर्षाका कारण मेलम्ची र हेलम्बु बजार डुबान हुँदा सर्वसाधारण विस्थापित भएका छन् ।
अखिलका अध्यक्ष ऐन महरको संयोजकमा १५ सदस्यीय टोली पहिरोमा परेकालाई उद्धार र खाद्य सामग्री लिएर आज त्यसतर्फ जाँदैछ । उनका अनुसार स्वास्थ्य चिकित्सकको टोलीसहित २५० बोरा चामल, तेल, त्रिपाल बाढी पीडितलाई वितरण गर्नेछ । अखिलले जिल्ला मातहतका कमिटीलाई पनि उद्धार कार्यमा लाग्न मङ्गलबारदेखि नै परिचालन गरेको छ ।
यस्तै युवा सङ्घका अध्यक्ष किरण पौडेलले उद्धार कार्यका लागि त्रिपाल, टेन्ट र खाद्य सामग्रीसहितको टोली गए रातिदेखि नै परिचालन गरिएको बताए । उनले त्यहाँको अवस्था हेरेर काठमाडौँबाट खाद्यसामग्री र औषधिसहित सङ्घका पदाधिकारी जाने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युजवेन्द्रले ह्याट्रिक लिँदा बनेका रेकर्ड
-
पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न
-
श्रमिक वर्गले परिवर्तनको नेतृत्वदायी भूमिका खेल्न सक्छन् : पूर्वप्रधानमन्त्री खनाल
-
राजधानीमा एकाबिहानै वर्षा, खराब मौसमले उडान प्रभावित
-
श्रमिकको पसिनाले देश अगाडि बढेको छ : प्रधानमन्त्री
-
श्रमजीवीको संघर्षकै कारण देशमा गणतन्त्रात्मक व्यवस्था कायम भएको हो : प्रचण्ड