बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकाका पसलहरूमा चहल पहल बढ्यो

बुधबार, ०२ असार २०७८, १३ : ०१
बुधबार, ०२ असार २०७८

उपत्यकाको दैनिक उपभोग्य वस्तुहरुको पसलमा चहलपहल बढेको छ । काठमाडौं उपत्यकामा असार १ गतेदेखि लागु हुनेगरी निषेधाज्ञाको नयाँ मोडल लागू भएको छ ।  परिवर्तित नियमअनुसार दैनिक उपभोग्य सामग्रीको पसललाई बिहान ११ बजेसम्म खोल्न दिइएपछि किराना तथा खाद्यान्न पसलहरूमा चहलपहल बढेको हो । यसअघि बिहान ९ बजेसम्म मात्रै अत्यावश्यक पसल खोल्न दिइएको थियो ।

असार १ गतेदेखि भने बिहान ११ बजेसम्म खोल्न दिइएको हो । ९ बजेसम्म पसल खोल्न दिँदा उपभोक्तालाई सामग्रीहरु पुर्याउन गाह्रो भएको भएपनि अहिले भने अलि सहज भएको ललितपुर लगनखेलमा व्यापार गरिरहेका जगन्नाथ जोशी बताए । सरकारले परिस्थितिको मूल्यांकन गरेर बिस्तारै खुकुलो बनाउँदै जानुपर्ने उनले बताए ।

ललितपुर महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष विनोद ताम्राकार ९ बजेसम्म खुल्दा भ्याइनभ्याइ हुने गरेपनि अहिले भने उपभोक्तालाई आवश्यक सामग्री किन्न सहज भएको बताउँछन् ।  हार्डवेयर र पुस्तक पसल खुल्दा पनि सहज भएको उनले बताए । जनस्वास्थ्यको मापदण्ड अपनाउँदै बिहान ११ बजेभित्रै आवश्यक सामग्री किन्नको लागि उनले आग्रह गरे । काठमाडौं उपत्यकामा असार ७ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप