शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने  तयारी

बुधबार, ०२ असार २०७८, १२ : ३२
बुधबार, ०२ असार २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत लिने तयारी थालेका छन् । गत जेठ २८ गते साँझ मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने योजना बनाएका हुन् ।

मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिनेगरी तयारी थालेका हुन् । विश्वासको मत लिनुभन्दा दुई दिन अघि संसदलाई सरकारले जानकारी दिनु पर्ने  ब्यवस्था भएकाले संसद सचिवालयमा विश्वासको मतका लागि सूचना दर्ता भएको छ । 

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
विश्वासको मत लिनु अघि नै सरकारले नीति तथा कार्यक्रम पारित गरिसकेको छ भने बजेट पनि आइसकेको छ । सरकारले अब, विश्वासको मत लिएपछि मात्रै बजेटमाथि थप छलफल प्रारम्भ गर्ने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप