शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मनाङको चामेमा बाढीबाट ३ सय परिवार विस्थापित, हेलिकप्टरबाट राहत आउने पर्खाइमा पीडित

बुधबार, ०२ असार २०७८, १२ : ०९
बुधबार, ०२ असार २०७८

 मनाङको चामेमा बाढीका कारण ३ सय परिवार विस्थापित भएका छन् । बजारबाट बग्ने दुईवटा ठाडो खोला र मर्स्याङ्दी नदीको जलस्तर अत्यधिक माथी गएपछि चामे बजार क्षेत्र थ्रेटमा परेको मनाङका प्रजिअ विष्णु लामिछानेले बताए । 

‘३ सय परिवार कारागारको नव निर्मित भवनमा आश्रय लिएर बसेका छन्’ प्रजिअ लामिछानेले भने–‘ताल भन्दा तलको बस्ती पुरै डुबानमा छ ।’

तिलिचो तालभन्दा लतको बस्ती डुबानमा परेपछि त्यहाँका स्थानिय डाँडामा आश्रय लिएर बसेका छन् । काठमाडौंबाट राहत लिएर मनाङ जान लागेको हेलिकप्टर खराब मौसमका कारण उड्न सकेको छैन् । 
‘खराब मौसमका कारण काठमाडौंबाट हेलिकप्टर आउन सकेको छैन’ प्रजिअ लामिछानेले भने–‘विस्थापित परिवारका लागी काठमाडौं बाट राहत ल्याउँदै छौं ।’ 

अपर मर्स्याङ्दीको न्याओल भन्ने स्थानमा पनि पहिरोको जोखिम बढेको छ । प्रशासनले त्यहाँका मानिसलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप