शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राप्तीको टापुमा फसेका ४ जनाको उद्धार

बुधबार, ०२ असार २०७८, १२ : ०३
बुधबार, ०२ असार २०७८

 राप्ती नदीको बीचमा टापुमा फसेका ४ जनालाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ । लमही नगरपालिका–७ हसनापुर र राजपुर गाउँपालिका–२ स्थित राप्तीको टापुमा मंगलबारदेखि अलपत्र परेकाको उद्धार गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । 

अलपत्र परेको १९ घण्टापछि सशस्त्र प्रहरीले लमही घर भएका मन्सराम चौधरी, राजपुर घर भएकी सावित्री यादव, राधेश्याम यादव र गणेश यादवलाई उद्धार गरेको हो । बस्तु चराउन गएका उनीहरु अविरल बर्षासँगै राप्तीमा बढाव बढेपछि अलपत्र परेका थिए । 

सशस्त्र प्रहरीको नम्बर–१९ ज्वालामाई गणका एसपी टोप बहादुर खनाल र नम्बर–४१ रिजर्व गण चन्द्रौटाबाट खटिएका एसपी यादव विश्वकर्माको टोलीले उनिहरुलाई उद्दार गरेको हो । करिब ५० वटा गाई बस्तु अझै सो टापुमा अलपत्र छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप