आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयअन्तर्गतका निकायलाई सञ्चारमन्त्री थापाको निर्देशन

बुधबार, ०२ असार २०७८, ११ : १३
बुधबार, ०२ असार २०७८

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समयानुकूल प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयअन्तर्गतका निकायलाई निर्देशन दिएको छ ।  

नवनियुक्त मन्त्री नैनकला थापाले नेपाल टेलिभिजन, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समिति र सूचना तथा प्रसारण विभागलगायत मन्त्रालय अन्तर्गतका निकायको अनुगमन गरी सकेपछि मन्त्रालयले  सेवालाई प्रभावकारी बनाउन निर्देशन दिएकी हुन् । 

मन्त्रालयले विज्ञप्ती जारी गरी प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन र लक्षित उद्देश्य प्राप्तिका लागि मन्त्रालय सदैव क्रियाशिल हुने जनाउँदै निकाय प्रमुखहरूले आ–आफ्नो संस्थागत जिम्मेवारी मनन गरी कार्यसम्पादन गर्न आह्वान समेत गरेको छ । 

मन्त्री थापाले मन्त्रालयमा पदबहालीपछि यही जेठ ३० गतेदेखि मन्त्रालय सम्बद्ध निकायको स्थलगत भ्रमण गरेकी थिइन् । भ्रमणका क्रममा मन्त्री थापाले मन्त्रालयको कार्यक्षेत्र संवेदनशिल भएकोले देश र जनताको हितलाई केन्द्रमा राखी समयबद्ध कार्ययोजनासहित कार्य सम्पादन गर्न निकाय प्रमुखहरूलाई निर्देशन दिएकी थिइन् । मन्त्री थापाले नेपाल पत्रकार महासङ्घको पनि अनुगमन भ्रमण गरेकी थिइन् ।

भ्रमणका क्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सञ्चार तथा सूचना प्रविधिको क्षेत्र व्यापक भएकोले निरन्तर परिवर्तनशील भूमिका निभाउन एक परिवारको रुपमा मन्त्रालयले आवश्यकताअनुसार निरन्तर समन्वयकारी भूमिका खेल्ने विषयमा आश्वास्त पारे । भ्रमणका क्रममा मन्त्रालयअन्तर्गतका निकायले निकायगत काम कारवाही, कार्यक्रम र बजेट कार्यान्वयनको अवस्था, संस्थाको वर्तमान अवस्था, भावि कार्ययोजना एवं आगामी आबको बजेट कार्यक्रम प्रस्तुत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप