शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गृह मन्त्रालयमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक जारी

बुधबार, ०२ असार २०७८, १० : २६
बुधबार, ०२ असार २०७८

गृह मन्त्रालयमा विपद व्यवस्थापन कार्यकारी समितीको बैठक बसिरहेको छ । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा ठुलो जनधनको क्षति भएको खबर आएपछि कार्यकारी समितिको बैठक शुरु भएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) जनकराज दाहालले रातोपाटीलाई बताए ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा मात्र बाढीले बगाएर कम्तिमा ७ जनालाई बेपत्ता बनाएको छ । बेपत्ता मध्ये एकजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले रातोपाटीलाई बताए ।

विपद् व्यवस्थापन कार्यकारी समितीको बैठकमा गृहमन्त्री खगराज अधिकारी, राष्ट्रिय विप्द न्यूनिकरण तथा व्यवस्थापन प्रधिकरणका सिइओ अनिल पोखरेल, गृह सचिव र सह–सचिव जनकराज दाहाल सहितका पदाधिकारी सहभागी छन् ।

बैठकमा पछिल्लो बाढी, पहिरोका कारण विस्थापितलाई राहत र पुनर्स्थापना कसरी गर्ने भन्नेबारे छलफल भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप