सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको मौसम पूर्वानुमान

बुधबार, ०२ असार २०७८, ०९ : १७
बुधबार, ०२ असार २०७८

आज देशभर सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आज देशका अधिकांश स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कर्णाली प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ ।
यस्तै रातीपनि  देशभर सामान्य देखि पूर्ण बदली रहने, देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

हिजो सबैभन्दा धेरै पोखरमा १ सय १० मिलिमिटर पानी परेको छ । दाङमा ५० दशमलव ८ मिलिमिटर, धनगढीमा ५२ मिलिमिटर, नेपालगञ्जमा ४५ मिलिमिटर, बिरेन्द्रनगर सुर्खेतमा ४७ दशमलव ४७ मिलिमिटर, काठमाडौंमा १२ मिलिमिटर बर्षा भएको छ ।

 आज पनि नदी तथा सहायक नदीहरुमा बाढीको सम्भावना रहेकोले सुरक्षित स्थानमा बस्न मौसमविद्हरुले सुझाव दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप