शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आज कहाँ-कहाँ आउन सक्छ बाढी ? नारायणी र कर्णालीमा उच्च हुन सक्ने

बुधबार, ०२ असार २०७८, ०९ : ०८
बुधबार, ०२ असार २०७८

नेपालमा मनसुन प्रवेशसँगै भारी वर्षाका कारण नदी तथा खोलामा बाढीको प्रकोप बढिरहेको छ ।  जल तथा मौसम विभाग अन्र्तगत बाढी पूर्वानुमान शाखाका अनुसार आज कोशी, महाकाली र यसका सहायक नदीमा पानीको बहाव सामान्यत रहने र सर्तकता तलै हुने पूर्वानुमान गरेको छ । 


यस्तै नारायणी, कर्णाली र यसका सहायक नदीमा भने पानीको बहाव केही बढ्ने र  सर्तकता तह आसपास पुग्न सक्ने अनुमान गरिएको छ । कन्काई, कमला, बागमती र यसका सहायक नदीमा बहाव सामान्य रहने तथा सर्तकता ​ तह भन्दा तलै हुने पूर्वानुमान गरिएको छ । 

यस्तै राप्ती, तिनाउ, बबईका स साना नदीजलधारमा पानीको बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास सम्म पुग्न सक्ने पूर्वानुमान छ । 

कालीगण्डकी, भेरी र यसका सहायक नदी लगायत गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भूभाग भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक रुपमा बाढी आउने र सर्तकता आसपास पुग्ने भएकोले जोखिमबाट जोगिन आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप