शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपचाररत कलाकार घिमिरेलाई निर्देशक समाजको सहयोग

बुधबार, ०२ असार २०७८, ०९ : ०४
बुधबार, ०२ असार २०७८

काठमाडौँ । नर्भिक उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेका लागि यति बेला देश तथा विदेशबाट सहयोग आउन थालेको छ । यस्तैमा नेपाल चलचित्र निर्देशक समाजले समेत ५१ हजार सहयोग प्रदान गरेको छ ।

अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक सुमन दाहाल, अशोक श्रेष्ठ, किशोर सुब्बा, गोपाल चन्द्र लामिछाने, अक्की शमा, पवन गौतम, अनिल संग्रौला, दिनेश कार्की र चलचित्र पत्रकार रघुनाथ सापकोटाबाट संकलित उक्त रकम समाजले घिमिरेको निवास ललितपुर बुङमती पुगेर उनको परिवारलाई दिएको हो ।

सहयोग प्रदान गर्न चलचित्र निर्देशक समाजका महासचिव जनकदिप पराजुली, कार्यसमिति सदस्य देवेन्द्र पाण्डे, निर्देशक अमर ओली र चलचित्र पत्रकार रघुनाथ सापकोटा घिमिरेको घर पुगेका थिए ।

आर्थिक अभावको कारण उपचार हुन नसकेको घिमिरेको नर्भिक अस्पतालले उद्दार गरेर उपचार गरिरहेको छ । घिमिरेले सिरियल ‘डियर जिन्दगी’, म्युजिक भिडियोको अलवा फिल्म समेत अभिनय गरेकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप