
बाढीपहिरोमा परेकालाई उद्धार गर्न सरकारसँग देउवाको माग

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरोमा परेकाहरूलाई उद्धार गर्न सरकारसँग माग गरेका छन्।
सभापति देउवाले बुधबार ट्वीट गर्दै अविरल वर्षापछि मनाङ र सिन्धुपाल्चोकलगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो तथा कटानले विकराल रूप लिएकाले उद्धारका लागि सरकारसँग माग गरेका हुन्।
— Sher Bahadur Deuba (@DeubaSherbdr) June 16, 2021
‘विपदमा परेकालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरूलाई राहत प्याकेज घोषणा गर्न माग गर्दछु,’ देउवाले भनेका छन्।
सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले हेलम्बु गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ भने केही बेपत्ता छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ