शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा कोभिड १९ ले मृत्यु हुनेको संख्या ६ लाख नाघ्यो

बुधबार, ०२ असार २०७८, ०८ : १६
बुधबार, ०२ असार २०७८

अमेरिकामा कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या ६ लाख नाघेको छ  । जोन हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार मृत्यु हुनेको संख्या ६ लाख १२ पुगेको छ । 

विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिका छन् । यहाँ झन्डै ३ करोड ३५ लाखलाई संक्रमण भइसकेको छ । त्यस्तै, मृतक संख्यामा पनि अमेरिका विश्वकको पहिलो नम्बरमा छ ।

यद्यपी, पछिल्लो समय राष्ट्रपति जो बाइडेनले महामारीलाई केही हदसम्म नियन्त्रणमा राख्न सफल भएका छन् । तर, ४ जुलाईसम्म उमेर पुगेका ७० प्रतिशतलाई खोप लगाउने उनको योजना सफल होलाजस्तो देखिएको छैन । अमेरिकामा १७ करोड ७३ लाख जनसंख्या अर्थात् झन्डै ५२ प्रतिशत जनसंख्याले कम्तिमा खोपको एक डोज लिइसकेको छ । 

कोरोनाबाट सर्वाधिक धेरै व्यक्ति मृत्यु हुने देशको सुचीमा ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा छन् । ब्राजिलमा ४ लाख ८ हजार र भारतमा ३ लाख ७७ हजारले ज्यान गुमाइसकेका छन् । 

स्रोत : बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप