शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

रोकिएका परीक्षा सञ्चालनको तयारीका लागि लोकसेवा आयोगको निर्देशन

बुधबार, ०२ असार २०७८, ०७ : २३
बुधबार, ०२ असार २०७८

लोकसेवा आयोगले रोकिएका परीक्षा गर्नका लागि तयारी अवस्थामा रहन मातहतका कार्यालयलाई निर्देशन दिएको छ । लोकसेवा आयोगको  ७१ औँ  वार्षिकोत्सवका  अवसरमा  मङ्गलबार आयोजित भर्चुअल बैठकमार्फत यस्तो निर्देशन  दिइएको हो । 

लोकसेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले मातहतका कार्यालय प्रमुखहरूलाई  कोरोना  (कोभिड–१९) सङ्क्रमणको दर कम  भएलगत्तै रोकिएका परीक्षा सञ्चालन  गर्नका लागि तयारी  अवस्थामा रहन निर्देशन दिएका हुन् । उनले रोकिएका परीक्षा छिटो सक्नका लागि दुई÷तीन सिफ्टमा पनि  काम  गर्नुपर्ने  भएकाले  आवश्यक  सामग्री  र  जनशक्ति  चुस्त दुरुस्त रूपमा राख्नका लागि निर्देशन दिए ।

कोभिडको  अवस्थामा  परीक्षा  सञ्चालनसम्बन्धी  मापदण्डअनुसार  रोकिएका परीक्षा सञ्चालनको तयारी गर्न निर्देशन दिइएको हो । आयोगले यसअघि पनि मापदण्डअनुसार केही परीक्षा सञ्चालन गरेको थियो । 

आगामी परीक्षा सञ्चालन पनि मापदण्डअनुसार  गर्ने  सम्बन्धमा  छलफल  भएको हो । आयोगका प्रवक्ता तोयनारायण सुवेदीले कार्यालय  प्रमुखहरूले  परीक्षा  गर्न  सकिने  अवस्था  रहेको  आयोगलाई  जानकारी  गराएको बताए ।

आवश्यक  सामग्री,  जनशक्तिलगायत  सबै कुरा चुस्त दुरुस्त रहनुपर्ने सम्बन्धमा छलफल  केन्द्रित  रहेको  पनि  उहाँले  जानकारी  दिनुभयो  ।  परीक्षा  केन्द्र  तोक्नका  लागि  ठाउँको  अभाव हुनसक्ने भएको हुँदा  त्यसका  लागि  विद्यालय र क्याम्पससँग समन्वय  गर्ने  विषयमा  पनि  छलफल  भएको  उनले बताए ।

वार्षिकोत्सवका अवसरमा  आयोगले  तीन  जनालाई  उत्कृष्ट  कर्मचारी पुरस्कार प्रदान गरेको  छ  ।  आयोगमा  कार्यरत शाखा अधिकृत यमुना  सापकोटा,  कार्यालय  सहयोगी  सुकमान  तामाङ  र  दिपायल  कार्यालयका  नायब  सुब्बा  मानबहादुर  साउदलाई  पुरस्कृत  गरिएको  हो  ।  यसैगरी  आयोगले  सूचना  प्रविधिमा  काम गर्ने कम्प्युटर अपरेटर तीन जनालाई पनि सम्मानित गर्ने भएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप