सिन्धुपाल्चोकको लार्के बस्तीमा पहिरो, इन्द्रावती नदी थुनियो

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपलिका स्थित लार्के र याङ्ग्रीमा पहिरो खसेको छ । पहिरोका कारण इन्द्रावती नदी थुनिएपछि तिपेनी बजार र आसपासका क्षेत्रमा ठुलो जोखिम बढेको बताइएको छ ।
पहिरोका कारण इन्द्रावती नदी थुनिएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले रातोपाटीलाई बताए । लार्केमा खसेको पहिरोका कारण नदीको बहाव तिपेनी बजारमा पसेको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्जको लार्के बस्तीको माथिल्लो भागमा पहिरो गएको हो । ३ दिनदेखि परेको अविरल वर्षाका कारण सो क्षेत्रमा भीषण बाढी आइरहेको छ । तिपेनी बजार नजिकै रहेको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामबाट पानी ओरभफ्लो भएको छ ।
तिपेनी बजारमा खास क्षति नभएको तर, आसपासमा धेरै क्षति भएको गाउँपालिका अध्यक्ष लामाले बताए । ‘भीषण बाढीका कारण भागाभाग भएको छ’ अध्यक्ष लामाले भने– ‘सबैलाई सुरक्षित बस्न आग्रह गरेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला
-
धारामा पानी थापेको आरोपमा युवतीमाथि कुटपिट
-
नेपाल र अजरबैजानबिच राजनीतिक परामर्श बैठक