पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
मङ्गलबार, ०१ असार २०७८, २२ : ०२

लगातारको वर्षाका कारण पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको स्याङ्जा र पाल्पामा पर्ने सडक खण्डमा पहिरो गएर राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष भट्टराईका अनुसार सो राजमार्गको पाल्पा खण्डमा मात्र ५ ठाउँमा पहिरो गएको छ । राजमार्ग अवरुद्ध भएपछि पोखरा र बुटवलतर्फ जाने अत्यावश्यक सवारी साधन रोकिएका छन् ।
स्याङ्जाको फेदीखोला गाउँपालिका–१ स्थित कुभिण्डेमा पहिरो खसेर राजमार्ग पुर्ण रुपमा अवरोध भएको छ । सड्क डिभिजन कार्यालय र सम्बन्धित निकायसँग सहकार्य गरेर पहिरो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
-
महाशिवरात्रिका दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको ढोका खोल्ने निर्णय
-
डिजिटल अपराधसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुँदै
-
सैनिक मञ्च टुँडिखेलमा सेनाले यसरी मनाउँदैछ सेना दिवस
-
घाइते हुँदै च्याम्पियन्स ट्रफीबाट बाहिरिए इङ्ल्यान्डका तीव्रगतिका प्रभावशाली बलर
-
प्रतिनिधिसभा : कसले के भने ?