बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

मङ्गलबार, ०१ असार २०७८, २२ : ०२
मङ्गलबार, ०१ असार २०७८

लगातारको वर्षाका कारण पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको स्याङ्जा र पाल्पामा पर्ने सडक खण्डमा पहिरो गएर राजमार्ग अवरुद्ध भएको हो ।  जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष भट्टराईका अनुसार सो राजमार्गको पाल्पा खण्डमा मात्र ५ ठाउँमा पहिरो गएको छ । राजमार्ग अवरुद्ध भएपछि पोखरा र बुटवलतर्फ जाने अत्यावश्यक सवारी साधन रोकिएका छन् । 

स्याङ्जाको फेदीखोला गाउँपालिका–१ स्थित कुभिण्डेमा पहिरो खसेर राजमार्ग पुर्ण रुपमा अवरोध भएको छ । सड्क डिभिजन कार्यालय र सम्बन्धित निकायसँग सहकार्य गरेर पहिरो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप