उपेन्द्र यादवले बोलाए कार्यकारिणी समितिको बैठक
मङ्गलबार, ०१ असार २०७८, १८ : ३१
जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ । वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गरी आवश्यक निर्णय लिनुपर्ने भन्दै बुधबारका लागि बैठक बोलाइएको उपेन्द्र यादवले जानकारी दिए ।
पार्टीको विवाद बारेमा निर्वाचन आयोगले दिएको निर्णयप्रति यादव पक्ष असन्तुष्ट छ । पार्टीको आधिकारिकताका लागि पुनः निर्वाचन आयोग जाने कि सर्वोच्चमा मुद्दा दायर गर्ने भन्ने लगायतको विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
यादवले पार्टीबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सहभागी भएका मन्त्रीहरुलाई पनि स्पष्टिकरण सोधिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी