शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता घिमिरे र केसीलाई पठाउने सर्वोच्च बारको निर्णय

मङ्गलबार, ०१ असार २०७८, १७ : ५९
मङ्गलबार, ०१ असार २०७८

प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाईमा अदालतलाई सहयोग गर्न सर्वोच्च अदालत बार एशोसिएसनले दुईजना वरिष्ठ अधिवक्तालाई पठाउने निर्णय गरेको छ ।

वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्यूरी (अदालतको सहयोगी) मा पठाउने निर्णय गरिएको सर्वोच्च बारका कार्यसमिति सदस्य विकास भट्टराईले रातोपाटीलाई बताए । सर्वोच्च अदालतको संवैधानिक इजलासमा असार ९ बाट विघटनको मुद्दामा निरन्तर सुनुवाई हुँदैछ । मंगलबार बसेको सर्वोच्च बारको बैठकले दुईजना वरिष्ठ अधिवक्तालाई पठाउने निर्णय गरेको हो । जेठ ७ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले नेपाल बार र सर्वोच्च बारबाट दुई–दुई जना एमिकस क्युरी माग गरेको थियो । एमिकस क्युरीमा छनोट भएका वरिष्ठ अधिवक्ताले संविधानको स्वतन्त्र ब्याख्या गर्ने अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप