शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोका कारण गुल्मीका दुई मुख्य सडक अवरुद्ध

मङ्गलबार, ०१ असार २०७८, १६ : ०८
मङ्गलबार, ०१ असार २०७८

लगातार वर्षाका कारण  ठाउँठाउँमा पहिरो खसेपछि गुल्मीको   मुख्य दुई ठुला सडक अवरुद्ध बनेका छन ।  रिडी-तम्घास सडक र  रिडी-रुद्रवेणी  सडकखण्ड अवरुद्ध बनेका हुन् ।

तम्घास–रिडी सडकखण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका–१३ ,  भगाँरी खोलामा गएराति पहिरो खसेपछि सडक बन्द भएको हो ।  

पहिरो खसेकोखसै गरेकोले उक्त सडक पहिरो नरोकिए सम्म बन्द गराउन लागिएको त्यस वडाका वडाध्यक्ष खुम खत्रीले जानकारी दिए ।

त्यसैगरी गुल्मीकै रिडी–रुद्रवेणी सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका–२ साँघुरेमा पनि बिहान सडकमाथिबाट ठुला ठुला   ढुृङ्गा सहितको पहिरो खसेपछि त्यो सडक पनि ठप्प भएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप