शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेतीवेणी बजार डुबानमा,  शालिग्राम क्षेत्रसहित १८ घर डुबानमा

मङ्गलबार, ०१ असार २०७८, १५ : ४८
मङ्गलबार, ०१ असार २०७८

अविरल वर्षाका कारण पर्वततर्फबाट बगेर आउने सेतीखोलाको बाढीले गुल्मी, स्याङ्जा र पर्वत जिल्लाको संगमस्थल सेतीवेणी बजार डुबानमा परेको छ ।

   विश्वकै ठुलो शालिग्राम भएको  स्याङ्गजातर्फको सेतीवेणी बजार र मन्दिर क्षेत्र समेत डुबानमा परेको छिमेकी तथा गुल्मीको कालिगण्डकी गाउँपालिका–२  अर्वेनीका वडाध्यक्ष देविप्रसाद न्यौपानेले जानकारी दिए ।

   मंगलबार विहान ४ बजेदेखि कालिगण्डकी नदीमा मिसिने सेतीखोला बढेर आएपछि  छेउका मन्दिर सहित १८ घर डुबानमा परेको उनले बताए । त्यहाँका प्रभावितलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष न्यौपानेले बताए ।

स्थानीयका अनुसार कालिगण्डकीको  पानीको सतह २८ बर्ष यताकै  उच्च विन्दुमा पुगेको छ ।  जसका कारण  पवित्र शालिग्राम–शिला र शालिग्र्राम क्षेत्रका सत्तल लगायतका सबै संरचनाहरु  डुबाएको छ ।

  सेतीवेणी बजारको  उत्तर र पूर्व   पर्वतको विहादी  गाउँपालिका– ६ मा पर्दछ । वल्लो भेग  दक्षिण  र पुर्व  स्याङ्गजाको  गलेङ्ग नगरपालिका ५ र पश्चिम  कालिगण्डकी नदि किनार गुल्मीको गाउँपालिका २  अर्वेनी पर्दछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप