मदन भण्डारी प्रतिष्ठानलाई तीन विधामा अध्यापन गराउन अनुमति

वाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन अनुमति प्राप्त गरेको छ ।
चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई जनस्वास्थ्यमा २०, फार्मेसीमा ३० र मेडिकल ल्याबटेक्नोलोजीमा ३० सिट अनुमति दिएको छ । प्रतिष्ठानलाई जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी अध्यापन गराउनका लागि अनुमति प्राप्त भएको प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईंले जानकारी दिए । स्थापनाको छोटो अवधिमा नै अनुमतिका लागि आवश्यक पर्ने मापदण्ड पुरा गरेको उनले जानकारी दिए ।
उनका अनुसार अनुमति प्राप्त गरेका सबै विषयको अध्ययन गर्ने विद्यार्थीमध्ये प्रदेश सरकारले ७५ प्रतिशतलाई निःशुल्क अध्यापन गराउने छ । यस सम्बन्धी प्रदेश सरकारले नीतिगत निर्णय गरेर सम्बन्धित निकायमा पठाइसकेको उनले बताए । प्रतिष्ठानले अब पहिलो शैक्षिक सत्रमा अनुमति प्राप्त गरेको तीन विधामा अध्यापन शुरु गराउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा कोइला खानीमा ग्यास चुहिँदा सात कामदारको मृत्यु
-
गणतन्त्र नै किन ?
-
अल्लु अर्जुनको हातमा पर्यो ८ सय करोड भारुको फिल्म
-
काठमाडौँ महानगरमा स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण
-
केपी ओली कप राष्ट्रिय क्रिकेट : गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीको जित
-
३.४४ अंकले घट्यो नेप्से, घट्यो कारोबार