शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरीमा एक युवकको शव फेला

मङ्गलबार, ०१ असार २०७८, १३ : ०८
मङ्गलबार, ०१ असार २०७८

रुपन्देहीको कञ्चन गाउँपालिकामा एक युवकको शव पोखरीमा  डुबेको अवस्थामा फेला परेको छ । कञ्चन गाउँपालिका–३ पथरियामा रहेको पोखरीमा स्थानीय ३२ वर्षीय कमल श्रीषको शव मंगलबार बिहान साढे १० बजे फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले उनको शव पोखरीमा फेला परेको पुष्टि गरेका हुन्  ।  स्थानीयका अनुसार उनी सोमबार साँझ ५ बजेको समयमा मदिरा सेवन गरि सो पोखरीमा पौडी खेल्न गएका थिए । डिएसपी थापाले पोष्टमार्टम रिपोर्ट आएपछि मात्र मदिरा सेवन गरे नगरेको खुल्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप