शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गायक विमल गौतमको नयाँ गीत ‘मायाको दुरी’

मङ्गलबार, ०१ असार २०७८, १२ : ४८
मङ्गलबार, ०१ असार २०७८

गायक विमल गौतमले आफ्नै शब्द, संगीत र स्वरमा ‘मायाको दुरी’ बोलको गीत सार्वजनिक गरेका छन्  ।

उनको आफ्नै युट्युब च्यानलमा सार्बजनिक गरेको लिरिकल भर्सनको गीतमा मोहित मुनालले एरेन्ज गरेका छन् भने सागर पाण्डेको रेकर्ड र किसन श्रेष्ठको मिक्सिङ रहेको छ । गीतको लिरिकल भिडियोमा अजय एनजी ले तयार पारेका हुन । 

यसअघि उनले 'रुपको झट्का', 'घरबेटी बा' लगायतका गीत सार्बजनिक गरिसकेका विमलले कोरोना संक्रमणले ग्रसित बनाएर आराम  गरेको  समयमा  त्यतिकै के बस्ने भनेर पहिलै रेकर्ड भएर बसेको एउटा गीतको लिरिकल भिडियो बनाएको बताउँछन् । 

साथै,  उनले निषेधाज्ञापछि उक्त गीतको  म्युजिक भिडियो समेत तयार गरिने जानकारी दिए । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप