शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पहिराले कर्णाली राजमार्ग अवरुद्ध

मङ्गलबार, ०१ असार २०७८, १२ : ४१
मङ्गलबार, ०१ असार २०७८

लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।  सुर्खेत–जुम्ला सडकका  ठाउँठाउँमा पहिरो खस्दा राजमार्ग  अवरुद्ध भएको हो ।  दैलेखको किटु, कालिकोटको गगनेखोला, हुल्म, सुनार खोला, पिली सेराबाड़ा, खल्लागाड र भिग्ममा पहिरो खसेको जनाइएको छ ।

आज पहिरो पन्छाए  पनि वर्षा नरोकिएकोले पुनः अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए । “राजमार्ग अवरुद्ध हुँदा कालिकोट, जुम्ला र मुगुका लागि दैनिक उपभोग्य सामान र निर्माण सामग्री बोकेर आएका गाडी बाटोमा रोकिएका छन् ।” उनले भने, “वर्षा नरोकिएका कारणले पहिरो पन्छाए पनि पुनः पहिरो आउँदा राजमार्ग खुलाउन समस्या भएको छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप