सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

मङ्गलबार, ०१ असार २०७८, ०९ : ३१
मङ्गलबार, ०१ असार २०७८

मकवानपुर । बागमती प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ ।

बजेट सार्वजनिक गर्नका लागि आज दिउसो ३ बजे बागमती प्रदेश सभा बैठक आह्वान गरीएको छ ।

आज बस्ने प्रदेशसभा बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने छन् ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिव ५४ अर्बको बजेट ल्याउँदै छ ।

कोरोना संक्रमण नियन्त्रण, उपचार र खोपको उपलब्धतालाई प्राथमिकतामा राखेर बजेट तयार पारेको मन्त्री ढुंगेलले बताए ।

उनले कोरोना नियन्त्रण र उपचारसँगै भौतिक विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीका क्षेत्र पनि सरकारको आगामी आर्थिक वर्षको बजेटको प्राथमिकतामा रहेको बताए ।

त्यस्तै आज प्रस्तुत हुने बजेटलाई स्वीकृती प्रदान गर्न दिउँसो २ बजेका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

बैठकले आर्थिक मामिला मन्त्रालयले सरकारको आगामी आर्थिक वर्षको लागि तयार पारेको बजेटलाई संसद्मा प्रस्तुत गर्ने अनुमती प्रदान गर्ने मन्त्री ढुंगेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप