स्वास्थ्यलाई प्राथमिकता दिएर बजेट ल्याउन गण्डकीका काँग्रेस जिल्ला सभापतिहरूको आग्रह

गण्डकी प्रदेशका काँग्रेस जिल्ला सभापतिहरूले स्वास्थ्य क्षेत्रलाई प्रमुखतामा राखेर बजेट ल्याउन आग्रह गरेका छन् । प्रदेशमा ११ जिल्लामध्ये आठ जिल्लाका सभापति पोखरा आएर नवनियुक्त मुख्यमन्त्रीलाई भेटेर स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता राख्न सुझाव दिएका हुन् ।
गण्डकी आठ जिल्लाका सभापति र सचिवहरुले प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सामूहिक रुपमा भेटेर स्वास्थ्य क्षेत्रलाई प्राथमिकता माग राखेर बजेट ल्याउन सुझाएको कास्की काँग्रेसका प्रवक्ता नविन सिग्देलले बताए ।
‘अहिलेको मुख्य प्राथमिकता कोभिड विरुद्धको खोप हो, खोपलाई प्राथमिकतामा राख्न अनुरोध गर्दछौं,’ जिल्ला सभापतिहरूको भनाई उदृत गर्दै प्रवक्ता सिग्देलले भने– ‘खोपसँगै कोभिड प्रभावित क्षेत्रलाई महत्व दिन सभापतिहरूले अनुरोध गरेका छन् ।’
कास्की काँग्रेसका सभापति कृष्ण केसीले सुशासन, विपत् व्यवस्थापन, कोरोना संक्रमित, संक्रमित परिवार र प्रभावित क्षेत्रलाई राहत हुने गरी बजेट ल्याउन आग्रह गरेको उनले बताए । त्यसैगरी सभापतिहरूले संविधान, संघीयता विकासलाई मुख्य प्राथमिकता दिन आग्रह गरेका थिए । सभापतिहरूले पूर्व मुख्यमन्त्रीलाई सुविधा दिने निर्णयप्रति ध्यानाकर्षण गराएपछि मुख्यमन्त्री पोखरेलले त्यस विषयमा कुनै निर्णय नभएको बताएका थिए ।
काँग्रेस लमजुङका सभापति भेषबहादुर पौडेल, म्याग्दीका सभापति खमवीर गर्बुजा, स्याङ्जाका सभापति कुमार राना, बाग्लुङका सभापति दिपेन्द्रबहादुर थापा, नवलपुर सभापति विष्णु लामिछाने र गोरखाका सचिव नन्दु न्यौपानले विभिन्न सुझाव दिएका थिए । उनीहरुले नवनियुक्त मुख्यमन्त्रीलाई पोखरेललाई सामूहिक रुपमा बधाई ज्ञापन समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत