शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

च्ये ग्वेभाराको जन्मदिनमा ‘चे फोर्स नेपाल’ स्थापना

सोमबार, ३१ जेठ २०७८, १९ : २९
सोमबार, ३१ जेठ २०७८

काठमाडौं । विगत लामो समयदेखि चे ग्वेभाराको नाममा बहस तथा समाजिक कार्यहरू गर्दै आएको युवाहरूको समूहले आज औपचारिकता ग्रहण गरेको छ । आज जुन १४ तारिखको दिन च्ये ग्वभाराको जन्मदिनको अवसर पारेर ‘चे फोर्स नेपाल’ स्थापना भएको छ ।

चे फोर्स नेपालको संस्थापक संदेश गिरिले विश्व साम्राज्यवादसँग लडेर दुनियाँ भर कम्युनिस्ट शासन स्थापना गर्ने महान उद्देश्य बोकेका चे ग्वेभाराको स्मरणमा उनको सम्मान स्वरुप उनको कार्यदिशामा एकवद्ध भएको बताए । उनले विश्वका श्रमजीवी मजदुरहरुको ढुकढुकी बनेका च्ये ग्वभारा युवा वर्गका लागि चिरस्थायी प्रेरणाको श्रोत भएको पनि स्मरण गरे । 

युवा वर्गलाई लक्षित गरि स्थापना गरिएको उक्त फोर्स विगत ३ बर्षदेखि विभिन्न अनुसन्धानमा केन्द्रित रहेको पनि गिरीले बताए ।  युवा माझ देखिएको राजनीति प्रतिको नैराश्यताको अन्त्य र युवालाई नै राजनीतिमा प्रत्यक्ष संलग्नताका निम्ति आह्वान गर्न विभिन्न कार्यक्रम हुने कुरा संस्थापन पक्षले दावी गरेको छ । 

चे फोर्स नेपालले अपनाउने सिद्धान्त मुख्यतः नेपाली माटो सुहाउँदो प्रजातन्त्र र चे ग्वेभाराको सिद्धान्तको नेपाली संस्करण हुने फोर्सले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप