शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अभिनेता संचारी विजयको निधन

सोमबार, ३१ जेठ २०७८, १९ : ०३
सोमबार, ३१ जेठ २०७८

कन्‍नड अभिनेता संचारी विजयको निधन भएको छ । ३७ वर्षका विजयको सोमबार निधन भएको हो । विजय गत शनिबार बेंगलुरु नजिक सडक दुर्घटनामा परेका थिए । जसका कारण उनलाई निक्कै चोट लागेको थियो । उपचारको दौरानमा उनको निधन भएको भारतीय मिडियाले जनाएका छन् ।

विजयको उपचारमा सहभागी डाक्टरले उनको ब्रेन डेड भएको घोषणा गरेका छन् । परिवारले भने उनका अंगदान गर्ने निर्णय लिएको हो । विजयका भाइ सिद्धेशले भने– ‘विजयको दिमागले काम गर्न छोडेको थियो । त्यसैले हामीले उनको अंगदान गर्ने निर्णय लिएका छौ । विजय हमेसा समाजको सेवामा बिश्वास समेत राख्दथे ।’

विजयको शनिबार ११ :४५ बजे रोड एक्सिडेन्ट भएको थियो । उनी मोटरसाइकलको पछाडि बसेका थिए । सडक हिलो भएका कारण मोटरबाइक चिप्लिएको थियो । उनको टाउकोमा निक्कै ठुलो चोट लागेको छ । जसको कारण उनको तुरुन्त ब्रेन सर्जरी समेत गरिएको थियो ।

विजय लकडाउनमा मानिसको मद्दत गर्न अगाडि रहन्थे । विजयले २०१५ मा रिलिज फिल्म ‘नानु अवानल्ला आवलु’ बाट आफ्नो पहिचान बनाएका थिए । यो फिल्म अभिनयका कारण उनले राष्ट्रिय अवार्ड समेत प्राप्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप