खल्तीलाई व्यवसायमा यसरी गर्न सकिन्छ निःशुल्क इन्टिग्रेट
काठमाडौं । खल्ती डिजिटल वालेटले असार महिना भित्र खल्तीसँग सम्झौता गर्ने व्यवसायीहरुलाई (स्मार्ट उद्यमी)निःशुल्क एपीआई उपलब्ध गराउने भएको छ । महामारीको बीचमा साना, मझौला तथा ठूला बजारमा गरिने हरेक भुक्तानीलाई डिजिटाइज गर्ने र देशको खस्कँदो अर्थतन्त्रको सुधारमा थप योगदान पुर्याउने उद्देश्यका साथ उक्त सेवा संचालनमा ल्याएको खल्तीले जनाएको छ ।
यस सेवा अन्तर्गत खल्तीले आफ्नो ग्राहकहरुको लागि मल्टिपल पेमेन्ट अप्सन पनि उपलब्ध गराएको छ । व्यवसायीहरुले खल्तीको एपीआई आफ्नो सिस्टममा इन्टिग्रेट (एकीकृत) गर्दा उक्त एक महिना सम्म कुनै शुल्क नलाग्ने भएको छ ।
यो सेवा यहि असार महिनाभित्र खल्ती संग सम्झौता गर्ने मर्चेन्टहरुको हकमा लागु हुनेछ । आफ्नो मर्चेन्ट ड्यासवोर्डमा जम्मा भएको रकम व्यक्तिले जुनसुकै बेला तुरुन्तै बैंक अकाउन्टमा ट्रान्सफर वा डिपोजिट गर्न सक्नेछन् । अब खल्ती एसडीके/पीआईबाट मर्चान्टहरुले सजिलै ई–बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, कनेक्ट आइपीस, एससीटी कार्ड र खल्तीको ग्राहकहरूबाट झन्झट रहित भुक्तानी प्राप्त गर्न सक्ने भएका छन् ।
खल्ती डिजिटल वालेटका प्रबन्धक जोनाम भुर्तेलले महामारीको चपेटामा परि आर्थिक रुपमा कमजोर हुन पुगेको उद्यमीहरुलाई निःशुल्क मर्चेन्ट इन्टिग्रेसन प्रदान गरि आर्थिक स्थिति सबल बनाउने अवधारणाको साथ यो कार्यक्रम कार्यान्वयनमा ल्याएको बताए । उनले खल्तीलाई इन्टिग्रेटेड गर्दा सरल र सुरक्षित हुने हुँदा खल्ती धेरै व्यापारीहरूको रोजाइमा पर्ने दावी समेत गरे ।
खल्ती पेमेन्ट गेटवेको प्रयोगबाट व्यवसायीले प्रत्येक बैंकहरुसँग इन्टिग्रेटेड गर्ने झन्झटबाट मुक्त हुनेछन् । खल्तीको मर्चेन्ट अकाउन्ट रजिस्टर गर्नको लागि कम्पनि रजिस्टर्ड भएको हुन पर्छ । खल्टीडटकमको होम स्क्रिनमा रहेको ‘मोर’ अप्सनमा गई ‘मर्चेन्ट साइन अप’ छनोट गरि आफ्नो सम्पूर्ण विवरण भरि रजिस्टर्ड गर्न सकिन्छ । त्यस पश्चात लगइन गरि आफ्नो आफ्नो सम्पूर्ण विवरण हरु हेर्न सकिने खल्तीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा