केन्द्रीय संस्करण

प्रधानमन्त्रीविरुद्ध धम्की दिने वैद्यलाई कारवाही गर्न एमाले निकट संगठनहरुको माग

person explore access_timeजेठ ३१, २०७८ chat_bubble_outline0

नेकपा (एमाले) निकट विभिन्न दश जन सङ्गठनले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई ज्यान मार्ने धम्की दिने वाग्मती प्रदेशसभाका सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न माग गरेका छन् । गृहमन्त्री खगराज अधिकारीलाई आज सिंहदरबारस्थित गृह मन्त्रालयमा ज्ञापनपत्र दिँदै ती सङ्गठनले प्रधानमन्त्री ओलीको ज्यानमाथि धावा बोल्ने गरी वैद्यले दिएको अभिव्यक्ति मुलुकको फौजदारी कानुनविपरीत हुने भएकोले उनलाई अविलम्ब गिरफ्तार गरी कानून कारवाही गर्न माग गरेका हुन् । मुलुकको कार्यकारी प्रमुखमाथि यस्तो गम्भीर र आपत्तिजनक अभिव्यक्ति प्रदेशसभामा दिइएको विषयप्रति नेपाली काँग्रेसले अझैसम्म औपचारिक धारणा सार्वजनिक नगरेको प्रति ती सङ्गठनले आपत्ति जनाएका छन् । 

गृहमन्त्री अधिकारीलाई नेपाल किसान महासङ्घका अध्यक्ष डा. प्रेम दंगाल, अखिल नेपाल महिला सङ्घका सहसंयोजक थममाया थापा, विद्यार्थी सङ्गठन अनेरास्ववियूका अध्यक्ष ऐन महर, राष्ट्रिय युवा सङ्घका अध्यक्ष किरण पौडेल, नेपाल खेलकुद महासङ्घका अध्यक्ष रमेश पौडेल, मुस्लिम इतिहास सङ्गठनका उपाध्यक्ष इश्रत साह, पेशागत महासङ्घ नेपालका अध्यक्ष बाबुराम थापा लगायतले भेटी ज्ञापनपत्र बुझाएका थिए ।

केही दिन अघि बाग्मती प्रदेशसभा बैठकमा प्रदेश सांसद वैद्यले प्रधानमन्त्री ओलीविरुद्ध उत्रन आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए। आम आलोचनापछि वैद्यले प्रदेशसभामा उक्त अभिव्यक्ति फिर्ता लिएका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.