गण्डकीमा एकैदिन ८४२ जना कोरोना संक्रमणमुक्त, १२ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १२ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा विभिन्न जिल्लामा १२ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार कास्कीमा १, तनहुँमा १, पर्वत २, मुस्ताङमा २, म्याग्दी १,लमजुङ २ र नवलपरासी पूर्व ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८५० पुगेको छ ।
त्यसैगरी गण्डकी प्रदेशमा सोमबार थप ३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १७३ जनाको नमुना परीक्षण गरिएकामा ३४७ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १७६ महिला र १६७ जना पुरुष रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीमा ८५, बागलुङ १२०, गोरखामा ३०, नवलपरासी ५१, स्याङजा १, तनहुँ ५, लमजुङ ३५, पर्वत ३८ र म्याग्दीमा ५ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५० हजार ६४७ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ८४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ४४ हजार ४६१ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !
-
दानव नदीमा डुबेर बेपत्ता तीनमध्ये एक जनाको शव फेला
-
रास्वपा नेताहरूले भैरहवा आएर भने – लुम्बिनीमा लगानीको सम्भावना छ
-
तीनकुने घटना : ‘सुरक्षा कमजोरी’बारे छानबिन गर्न समिति गठन
-
ठुलै विपत्ति र प्रलय आए मात्रै एनआरएनएको एकता महाधिवेशन रोकिन्छः घले