बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वृद्ध हत्या घटनाको अनुसन्धान जारी

सोमबार, ३१ जेठ २०७८, १७ : ४१
सोमबार, ३१ जेठ २०७८

फिदिम नगरपालिका–४ जोरसाल बजार छेउ कुमाले टोलका वृद्धको आइतबार राति भएको हत्याको घटनाको प्रहरीले अनुसन्धान जारी राखेको छ । हत्यामा संलग्नको पहिचानका लागि प्रहरीले घटनास्थल आसपासका क्षेत्रका स्थानीयवासी, मृतकका आफन्त तथा पछिल्लो समय सम्पर्कमा रहेकासँग सोधपुछ गरिरहेको छ । 

जिल्ला प्रहरी कार्यालयले सङ्घीय प्रहरी एकाइ सुनसरी धरानबाट तालिमप्राप्त दुई कुकुर झिकाई घटनामा संलग्नको पहिचानको प्रयास गरेको थियो । कुकुरले हत्यामा संलग्नको पहिचान गर्न सकेका छैनन् । घटना भएको ढिलो गरी जानकारी प्राप्त हुनु, घटनापछि पानी पर्नाले प्रमाण नष्ट हुनु तथा अनुसन्धान गर्नुपर्ने क्षेत्रमा मानवीय गतिविधि बढी हुनुले कुकुरले हत्यामा संलग्नको पहिचान गर्न नसकेको हो । 

कुकुरले हत्यामा संलग्नको पहिचान गर्न नसकेपछि विभिन्न प्राविधिक कोणबाट अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । “विभिन्न प्राविधिक कोणबाट अनुसन्धान भइरहेको छ, केही प्रगति पनि भएको छ”, प्रहरी निरीक्षक विश्वकर्माले भने, “तर निष्कर्षमा पुग्न बाँकी छ ।” प्रहरीले टेकबहादुरसँगको सम्पर्कका व्यक्तिसँग सोधपुछ जारी राखेको छ ।

जोरसाल बजार छेउ कुमाले टोलका ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको आइतबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । फिदिम–२ ओदिनमा समेत घर भएका टेकबहादुर श्रीमती काली मायासहित कुमालेटोलमा बसोबास गर्दै आएको बताइएको छ । पक्ष घातबाट ग्रसित कालीमायाले घटनाको जानकारी दिन नसक्दा आइतबार बिहान मात्रै घटना सार्वजनिक भएको थियो । मृतकका जेठा छोरा–बुहारी सुनसरीको धरानमा तथा कान्छा छोरा–बुहारी ओदिनमा बसोबास गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप