शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीमा निषेधाज्ञा असार ७ गतेसम्म थपियो

सोमबार, ३१ जेठ २०७८, १६ : ४२
सोमबार, ३१ जेठ २०७८

रुपन्देहीमा जारी निषेधाज्ञा असार ७ गतेसम्म लम्बिएको छ । जिल्लामा जारी निषेधाज्ञालाई केही खुकुलो पारी असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको अवधी थपिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए । रुपन्देहीमा आर्थिक गतिविधिलाई केही नियमित गर्न पाउने गरी निषेधाज्ञा थप  गरिएको हो ।

जसअनुसार अब बिहान ८ बजेसम्म तरकारी, माछा मासुका पसल खोल्न पाइनेछ । यस्तै अन्य पसलहरु सुरक्षाका मापदण्ड पालना गरी बिहान ११ बजेदेखि ४ बजेसम्म खोल्न पाइने प्रशासन कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप