बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पेले र सुनिलको कीर्तिमानलाई पछ्याउँदै नेयमार

सोमबार, ३१ जेठ २०७८, १५ : ११
सोमबार, ३१ जेठ २०७८

ब्राजिलले भेनेजुएलाविरुद्ध ३–० को शानदार जीत हासिल गर्दै कोपा अमेरिकामा उत्कृष्ट शुरुवात गरेको छ । खेलमा नायक नेयमार रहे । पीएसजीका स्टार खेलाडीले एक गोल गर्नुका साथै दुई गोलको अवसर सिर्जना गरे ।

भेनेजुएला विरुद्धको गोलसँगै नेयमारको अन्तर्राष्ट्रिय गोल संख्या ६७ पुगेको छ । सक्रिय खेलाडीहरुमध्ये सर्वाधिक गोलकर्ताको सूचीको तेस्रो स्थानमा रहेका सुनिल क्षेत्रीभन्दा अब नेयमार चार गोलले मात्र पछि रहेका छन् । क्षेत्रीले ७४ गोल गरेका छन् ।

त्यस्तै ब्राजिलको सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानबाट नेयमार मात्र १० गोल टाढा रहेका छन् । यो कीर्तिमान अहिले पेलेको नाममा रहेको छ । खेलको ६२ औँ मिनेटमा डानिलोले पेनाल्टी जितेपछि नेयमारले गोल गरेका थिए ।

ब्राजिलले अब शुक्रबार पेरुको सामना गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप