बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी भूमिका खेल्न सकेन : कोइराला

सोमबार, ३१ जेठ २०७८, १५ : १०
सोमबार, ३१ जेठ २०७८

नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाएकी छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाले आइतबार साँझ आयोजना गरेको ‘नेपालमा कोरोनाको सङ्कट, रोकथामका उपाय र जीवनरक्षाका लागि हाम्रो जिम्मेवारी के हो ?’ विषयक भर्चुअल अन्तक्र्रियामा उनले कोरोना नियन्त्रणका लागि सरकारले खोप खरिदलाई प्राथमिकता दिनुपर्ने बताएकी हुन् ।

“अनुदानमा ल्याएर मात्र कोरोना खोप सबै जनतासामु पुग्न सक्दैन सरकारले कोरोना भ्याक्सिन खरिदलाई प्राथमिकता दिनुपर्छ”, उनले भने । फाउण्डेसनकी केन्द्रीय अध्यक्षसमेत रहेकी नेत्री कोइरालाले कोरोना महामारीका कारण दैनिक लाखौँ श्रमिक रोजगारविहीन भएको उल्लेख गर्दै यस्ता जनतालाई सरकारले राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । उनले सबै मिलेर कोरोना सङ्क्रमण नियन्त्रणमा लाग्नुपर्ने बताइन् ।

फाउण्डेसन अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरेले फाउण्डेसनले समसायमयिक घटनाक्रमका बारेमा निरन्तर बहस गर्दै आइरहेको बताए । गत वर्षको कोरोना सङ्क्रमणपछि फाउण्डेसनले हालसम्म विभिन्न विषयमा ३७ औँ पटक बहस गरिसकेको अध्यक्ष घिमिरेको भनाइ छ । 

फाउण्डेसन अमेरिका शाखाका प्रवक्ता रामचन्द्र अधिकारीले कोरोनाबाट पीडित व्यक्तिलाई अमेरिका शाखाले सुरुवाती दिनदेखि नै सहयोग गर्दै आएको बताए । हालसम्म अमेरिका शाखाले ५५ हजार प्याकेट खाना, दूध, माक्स र स्यानिटाइजर सहयोग गरेको उनको भनाइ थियो । 

कार्यक्रममा फाउण्डेसन अमेरिका शाखाका उपाध्यक्ष सुवर्ण लामा, फाउण्डेसन युवा तथा खेलकूद विभागका संयोजक गुणराज प्याकुरेल, फाउण्डेशनका केन्द्रीय सदस्य एलिजा गुरुङ, कान्तिपुर मिडिया गुप्रका पत्रकार सञ्जु पौडेलगायतले कोरोना खोप पर्याप्त मात्रामा जनतामाझ पुर्याउन सकेमात्र महामारी रोकथाममा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप