बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्त पक्राउ

सोमबार, ३१ जेठ २०७८, १५ : ०३
सोमबार, ३१ जेठ २०७८

रुपन्देहीमा कर्तव्य ज्यान मुद्दाका २ फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी अप्रेसन कार्यक्रम  अन्तर्गत प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा ज्यान मार्ने अभियोगमा २० बर्ष कैद सजाय भई हालसम्म फरार रहेका रुपन्देही सिद्धार्थनगर नगरपालिका ५ बस्ने  ३० वर्षीयय ऋषिकेश जैसवाल र रुपन्देही साविक जोगडा ९ (हाल गैडहवा गाउँपालिका २ का ३९ वर्षीय) राजकुमार केवट  रहेका छन् ।  जैसवाल र केवटलाई प्रहरीले सोमबार घरबाट पक्राउ गरेको हो । 

लामो समय लुकिछिपी घरमा रहँदै आएका जैसवालसहित ५ जनाले २०६९ साल बैशाख ७ गते लाला भन्ने मैनुदिन मुसलमानको हत्या गरेका थिए । जैसवालसहित उनीहरुलाइ जिल्ला अदालत रुपन्देहीले २०७१ साल असार २४ गते २० बर्ष कैद सजाय सुनाएको थियो ।

पक्राउ परेका जैसवाललाई कैद भुक्तानका लागि जिल्ला अदालत रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक भास्कर चन्दले जानकारी दिए । पक्राउ परेका केवटमाथि भने स्थानीय रिता मुरावका श्रीमानलाई कर्तव्य गरी मारेको आरोपमा जिल्ला अदालत रुपन्देहीले २०६७ साल वैशाख १९ गते २० वर्ष कैद सजायको फैसला गरेको थियो । फरार रहेका उनीलाई जिल्ला प्रहरी कार्यालय मातहतकै वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले घरबाट पक्राउ गरेको प्रवक्ता प्रहरी निरीक्षक चन्दले बताए ।

कोरोना माहमारीको बाबजुद जघन्य अपराधमा संलग्न १० वर्ष भन्दा बढी सजाय तोकिएका १९ जना फरार अभियुक्तलाई पक्राउ गरेको  प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप