स्पेनविरुद्ध स्वीडेन : यी हुन् हेर्न लायक खेलाडी
युरो कप फुटबलमा आज स्पेनले स्वीडेनको सामना गर्दैछ । दुई युवा पेडरी र अलेक्यान्द्रर ईसकका लागि यो पहिलो ठूलो प्रतियोगिता हो । यसैले उनीहरु निकै उत्साहित छन् । राष्ट्रिय टोलीबाट कम खेल खेले पनि यी दुबै खेलाडीहरु क्लबस्तरमा उत्कृष्ट प्रदर्शन गरेको अनुभव र उर्जा छ ।
पेडरी
पेडरी केवल १८ वर्षका भए । तर, यी स्पेनिस मिडफिल्डर व्यवसायिक फुटबलमा स्टार बनिसकेका छन् । उनले पछिल्ला दुई सिजन बार्सिलोनाबाट निकै उत्कृष्ट खेलिरहेका छन् । उनी स्वतन्त्र ढंगले खेल्छन् र मध्यभाग ओगट्छन् ।
आवश्यकता पर्दा उनी बल लिनका लागि डिफेन्समा पनि जान सक्छन् र आक्रमणका लागि सहकर्मीहरुलाई बल उपलब्ध गराइदिन्छन् । त्यहीकारण कतिपय समर्थकहरुले उनलाई स्पेनका पूर्व स्टार आन्द्रेस इनिस्टासँग पनि तुलना गर्ने गरेका छन् । पेडरी स्पेनका आशा गरिएका प्रतिभा हुन् । र, उनी आफ्नो पहिलो ठूलो प्रतियोगितामा उच्चस्तरको प्रदर्शन गर्नका लागि तयार भएर बसेका छन् ।
अलेक्यान्द्रर ईसक
ईसक वर्तमान स्विडिस टोलीका स्टार खेलाडी हुन् । उनले यस सिजन रोयल सोसिडाडका लागि १७ गोल गरेका थिए । उनले स्वीडेनबाट २२ खेलमा ६ गोल गरिसकेका छन् र जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो गोल संख्या बढाउन सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु