सांसद कृष्ण थापालाई थमौती गर्ने आदेश विरुद्धको ‘भ्याकेट’ निवेदनमा सुनुवाई जारी

गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारवाही थमौती गर्ने अन्तरिम आदेश विरुद्ध परेको निवेदनमा सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ । राष्ट्रिय जनमोर्चाले दिएको पुनरावलोकन निवेदन (भ्याकेट)मा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाई जारी छ ।
राष्ट्रिय जनमोर्चाले सर्वोच्चको आदेशविरुद्ध जेठ २६ मा अन्तरिम आदेश खारेज गर्न माग गरेर ‘भ्याकेट’ निवेदन दर्ता गराएको थियो । पार्टीको निर्णय र ह्वीप नमानेको भन्दै राष्ट्रिय जनमोर्चाले सांसद कृष्ण थापालाई दलबाट निष्कासन गरी प्रदेशसभा सचिवालयमा जानकारी गराएको थियो । त्यसपछि थापा पदमुक्त भएका थिए ।
त्यसविरुद्ध परेको रिटमा सर्वोच्चले उनीमाथि गरेको कारवाहीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेशविरुद्ध राष्ट्रिय जनमोर्चासहित राजमोको गण्डकी प्रदेशसभा संसदीय दल, गण्डकी प्रदेशसभा सचिवालय र सभामुख नेत्रनाथ अधिकारी लगायतले पुनरावलोकनका लागि भ्याकेट निवेदन दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जाल विधेयक : लोकतन्त्रमाथि खतरा !
-
आज शून्य भेदभाव दिवस मनाइँदै
-
‘ट्राफिक टिचर’ अभियान बागमती प्रदेशभर लागु गरिँदै
-
माओवादी अध्यक्ष प्रचण्डसहितका नेता सिराहामा, यस्तो छ आजको कार्यक्रम
-
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा र हिमपात
-
ह्वाइटहाउसमा चर्काचर्की गरेर निस्किएपछि जेलेन्स्कीले भने-ट्रम्पसँगको विवाद ‘राम्रो थिएन’